मुख्यमन्त्री राउतद्वारा बकर इद पर्वको शुभकामना

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मावलम्बीहरूको महान् चाड इद–उल–अज्हा (बकर इद) पर्वले मुलुकमा भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरेका छन् ।

उनले बकर इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै मधेस प्रदेशसहित मुलुकमै भाइचार, सुख र शान्ति अभिवृद्धि होस् कामना गरे ।

सो पर्वको अवसरमा प्रदेश, स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना दिँदै मुख्यमन्त्री राउतले बकर इद पर्वको अवसरमा प्रदेश सरकारले असार २६ गते वार्षिक ‘क्यालेण्डर’मै सुनिश्चित गरी बिदासमेत दिएको उल्लेख गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति