‘चोभार ब्लुज’को लोकार्पण

काठमाडौँ । इञ्जिनियर विक्रमभक्त जोशीको कृति कथासङ्ग्रह ‘चोभार ब्लुज’को लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको लोकार्पण गरिएको हो ।

जोशीका कथाहरुले यात्रालाई पृष्ठभूमि बनाएको प्रसंग उप्काउँदै माया ठकुरीले भनिन्, ‘विक्रम भाइ यात्राहरुमा निस्किरहनुहुन्थ्यो । उहाँले आज यति राम्रो पुस्तक हामीलाई उपहार दिनुभयो । उहाँ त यात्रामा कथा टिप्न पो जानु हुँदोरहेछ ।’

पुस्तकका प्रकाशक अश्विनी कोइराला सभापति रहेको कार्यक्रममा लेखकका पिता प्रभुभक्त जोशी विशेष अतिथिको भूमिकामा उपस्थिति रहेको थियो । अन्य अतिथिहरुमा समीक्षकद्वय महेश पौड्याल र राजकुमार बानियाँ, पुस्तकका सम्पादक दीपक दर्शन दाहाल तथा भाषा सम्पादक रमेश दाहालको उपस्थिति रहेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board