शिन्जो आबेको हत्या : जापान प्रहरीले भन्यो– सुरक्षामा त्रुटि थियो

काठमाडौँ । जापानको दक्षिणी सहर नारामा शुक्रबार गोली हानी मारिएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको सुरक्षामा कमजोरी रहेको जापानी प्रहरीले स्वीकार गरेको छ । नाराका प्रहरी प्रमुख तोमोआकी ओनिजुकाले भने, ‘सुरक्षामा समस्या भएको कुरालाई नकार्न सकिँदैन ।’

एउटा राजनीतिक कार्यक्रममा एक बन्दुकधारीले आबेमाथि गोली हानेका थिए । यस आक्रमणले जापानलाई गहिरो स्तब्ध बनाएको छ ।

माथिल्लो सदनका लागि पूर्वनिर्धारित निर्वाचन आइतबार हुँदै छ । आबेको हत्या भएको दुई दिनपछि स्थानीय समयअनुसार बिहान ७ बजे मतदान सुरु भएको छ । उनको हत्याले सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को समर्थन बढ्न सक्ने अनुमान गरिएको छ । आबे एलडीपीका प्रमुख र अत्यधिक प्रभावशाली व्यक्तित्व थिए ।

शनिबार पनि सामान्यभन्दा कडा सुरक्षाका साथ प्रचार प्रसार जारी थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति