बुढीगंगा नगरपालिकामा एमालेको अग्रता कायमै

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणनामा नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणमअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँले ३ हजार ८८१ मत ल्याएका छन् ।

उनका निकटम् प्रतिस्पर्धी नेपाली कांग्रेसका रंगबहादुर खातीले ३ हजा १०१ मत ल्याएका छन् । मेयरमा एमालेले ७८० मतको अग्रता कायम राखेको छ ।

उपमेयरमा एमालेकी मायाकुमारी खड्काले ३ हजार ७५३ मत ल्याएकी छन् । कांग्रेसकी रिता शाहले ३ हजार १५३ मत ल्याएकी छन् । उपप्रमुखमा ६ सय मतले एमाले अगाडि छ ।

हालसम्म ७ हजार ५१९ मत गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नम्बर ५ र ६ को मतगणना भइरहेको छ । बुढीगंगामा जम्मा ९ हजार ११७ मत खसेको थियो ।

बुढीगंगाको मत गणनाअन्तर्गत ६ वडाको अन्तिम मत परिणम सार्वजनिक हुँदा एमालेले पाँच र कांग्रेसले एक वडामा जित हात पारेको छ ।

नेपाली कांग्रेसले ८ नम्बर वडाध्यक्ष पद जितेको हो । नेपाली कांग्रेसका उम्मेदवार रमेशबहादु रावलले एमालेका उम्मेदवार विराज रावललाई राजित गर्दै विजयी भए ।

मगतणना भएका अन्य ५ वडामा भने एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडा नम्बर १ मा रणबहादुर थापा, वडा नम्बर २ मा पदमबहादुर अधिकारी, वडा नम्बर ३ मा खडबहादुर अधिकारी, वडा नम्बर ९ मा मिनबहादुर सिंह र वडा नम्बर १० मा दलबहादुर साउद विजयी भएका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board