राष्ट्रिय स्वाधिनताका लागि वाम-लोकतान्त्रिक शक्ति एकीकृत हुन जरुरी : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् ।

मुस्लिम समुदायको पर्व बकर इद (इद–अल–अधा) को अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधिनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरुको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्‍याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरु एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् ।

‘यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समून्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

इस्लाम धर्मावलम्बीहरुको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास प्रचण्डले लिएका छन् ।

‘समाजका यिनै परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन् । यस प्रकारका चाडपर्वहरूको सम्वद्र्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो,’ उनले भनेका छन् ।

सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board