लमजुङमा एक वर्षमा ६० जना फरार अभियुक्त पक्राउ

लमजुङ । लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा मात्रै ६० जना फरार अभियुक्त पक्राउ गरेको छ । लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार ४५ जना पुरुष र १५ जना महिलालाई पक्राउ गरेका छन् ।

उनीहरू ३९ वर्ष ३ महिना ९ दिन कैद र १ करोड ३६ लाख १८ हजार ९९६ रुपैयाँ जरिबाना असुल गर्नुपर्ने अभियुक्त हुन् । गत आव ०७७/७८ मा ४२ पुरुष र ११ महिला गरी ५३ जना पक्राउ गरिएकोमा उनीहरूको असुल कैद १६ वर्ष ६ महिना ३ दिन र ३ लाख ५३ हजार ३५० रुपैयाँ जरिबाना रकम थियो ।

अघिल्लो आव ०७६/७७ मा ९ पुरुष फरार अभियुक्त पक्राउ गरिएकोमा असुल कैद २० वर्ष २ महिना १ दिन र असुल जरिबाना ९७ हजार ७ सय ८२ रुपैयाँ थियो । डिएसपी कार्कीका अनुसार प्रहरीले फरार अभियुक्तको सूची तयार पारेर खोजी गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board