बुढीगंगा निर्वाचन अपडेट : ६ वडाको मत गणना सकिँदा कांग्रेसले खाता खोल्यो

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणनाअन्तर्गत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मतगणना सम्पन्न हुँदा नेपाली कांग्रेसले खाता खालेको छ ।

नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका–८ का वडा अध्यक्ष पद जितेको हो । वडा नम्बर–८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेशबहादुर रावल विजयी भएका हुन् । एमालेका उम्मेदवार विराज रावललाई पराजित गर्दै रमेश रावल वडा अध्यक्षमा विजयी भएका हुन् । मतगणना सम्पन्न भएका अन्य ५ वडामा भने नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदमबहादुर भण्डारी, वडा नम्बर–३ मा एमालेका खडबहादुर अधिकारी, वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहले वडा नम्बर–४ र ७ को मतगणना भइरहेको छ ।

बुढीगंगामा हालसम्म ५ हजार ५ सय मत गणना भइसक्दा मेयर उममेयरमा एमालेका उम्मेदवार फराकिलो मत अन्तरले अगाडि रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार बुढीगंगाको मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ ३ हजार ३५१ मतसहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएका रंगबहादुर खातीले १ हजार ७८९ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का (कुँवर) ३ हजार २५८ मतसहित लिड गरिरहेकी छन् भने कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले १ हजार ८६२ मत ल्याएकी छन् । बुढीगंगामा ९ हजार १२८ मते खसेको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board