बुढीगंगा नगरपालिका : ४ वडामा एमाले विजयी, मेयर र उपमेयरमा एमालेको अग्रता (अपडेट)

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मतगणना मध्य हाल सम्म ४ वडाको मत गणना सकिएको छ । मतगणना सकिएका ४ वटै वडामा एमाले विजयी भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीका अनुसार वडा नम्बर १, २, ९ र १० मा मत गणना सकिएको हो । सम्पन्न भएका ४ वटै वडामा एमालेका उम्मेदवार विजयी भएका उनले बताए ।

उनका अनुसार वडानम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदमबहादुर भण्डारी, वडा नम्बर–८ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहिले वडा नम्बर–३ र ८ को मतगणना भइरहेको छ ।

बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा पनि नेकपा एमालेका उम्मेदवार अगाडि रहेका छन् । हालसम्म ३ हजार ९६२ मत गणना हुदाँ मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ २ हजार ४४३ मतले अगाडि छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रंगबहादुर खातीले १ हजार २९१ मत ल्याएका छन् ।

उपमेयरमा पनि एमालेकी मायाकुमारी खड्का (कुवँर)ले २ हजार ४१७ मत ल्याउँदै अग्रता कायम गरेकी छन् । उनकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी रिता शाहीले १ हजार ३१२ मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति