माओवादीको पोलिटब्युरोमा गण्डकीका २१ जना

पोखरा । नेकपा (माओवादी केन्द्र)को पोलिटब्युरो सदस्यमा गण्डकी प्रदेशबाट २१ जना मनोनित भएका छन् । १२५ जनाको पोलिटब्युरोमा गण्डकीका २१ जना परेका हुन् ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरिराज अधिकारी, यशोदा गुरुङको नाम पोलिट्ब्युरोमा छ । यस्तै, श्रीराम ढकाल, सुरेश आले, अमृता थापा, देबेन्द्र पराजुली, लेखनाथ न्यौपाने, हरिबहादुर चुमान, कृष्ण धिताल पनि समेटिएका छन् ।

राजकाजी गुरुङ, अमर तमु, परशुराम रम्तेल, सुशिला सिंखडा, बलावती शर्मा, चुडामणी खड्का, किसान शर्मा र कपिल लामा पोलिटब्युरो बनेका हुन् । तिमध्ये अधिकांश गोरखाका छन् । ९ जना गोरखा जिल्लाबाट मात्रै समावेश गरिएका छन् ।

गएको स्थानीय निर्वाचनमा माओवादीले गोरखामा पुरानो विरासत फर्काएको छ । ११ स्थानीय तहमध्ये ९ पालिकामा चुनाव जितेको हो । गण्डकीका ८५ मध्ये ११ पालिकामा प्रमुख र १९ पालिकामा उपप्रमुख चुनाव जितेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board