बुढीगंगा नगरपालिका : १,९ र १० वडामा एमालेको पुरै प्यानल विजयी, मेयर र उपमेयरमा पनि एमालेकै अग्रता

काठमाडाैँ । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना भइरहेको छ । १,२, ९ र १० वडाको ३ हजार ६४३ मत गणना हुँदासम्म प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) अगाडि छ ।

प्रमुख एमालेले २ हजार १९६ र नेपाली कांग्रेसले १ हजार २३६ मत ल्याएको छ । उपप्रमुखमा एमालेले २ हजार १४२ मत प्राप्त गर्दा कांग्रेसले १ हजार २६६ मत प्राप्त गरेको छ ।

बुढीगंगाको प्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र नेपाली कांग्रेसबाट रंगबहादुर खाती प्रतिस्पर्धामा छन् । यस्तै, उपप्रमुखमा एमालेबाट मायाकुमारी खड्का कुँवर र कांग्रेसबाट रिता शाहीले उम्मेदवारी दिएका छन् ।

वडा नम्बर १, ९ र १० को अन्तिम मत परिणम सार्वजनिक हुँदा तीनवटै वडाको वडाध्यक्षमा एमालेका उम्मेदवार पूरै प्यानलसहित विजयी भएका छन् ।

पछिल्लोपटक सार्वजनिक भएको मग परिणमअनुसार वडा नम्बर ९ को वडाध्यक्ष्मा नेकपा (एमाले)का उम्मेदवार मिनबहादुर सिंह ४९२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार भरतबहादुर थापाले २९३ मत ल्याए ।

यस्तै, वडा नम्बर १ को वडाध्यक्षमा एमालेका रणबहादुर थापा ४१६ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका लोकबहादुर थापाले ३५० मत प्राप्त गरे ।

वडा नम्बर १० को वडाध्यक्षमा एमालेका दलबहादुर सावद ५४८ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका मोहनबहादुर बुढाले ४९१ मत ल्याए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board