बुढीगंगामा २७४० मत गन्दा एमालेको अग्रता कायमै

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको मत गणना भइरहेको छ । १,२, ९ र १० वडाको २ हजार ७४० मत गणना हुँदासम्म प्रमुख र उपप्रमुख दुवैमा नेकपा (एमाले) अगाडि छ ।

प्रमुख एमालेले १ हजार ९९५ र नेपाली कांग्रेसले ९८० मत ल्याएको छ । उपप्रमुखमा एमालेले १ हजार ५४८ मत प्राप्त गर्दा कांग्रेसले १ हजार १६ मत प्राप्त गरेको छ ।

बुढीगंगाको प्रमुखमा एमालेबाट रामबहादुर बानियाँ र नेपाली कांग्रेसबाट रंगबहादुर खाती प्रतिस्पर्धामा छन् ।

यस्तै, उपप्रमुखमा एमालेबाट मायाकुमारी खड्का कुँवर र कांग्रेसबाट रिता शाहीले उम्मेदवारी दिएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति