चैनपुर ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो

खाँदबारी । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ ।

शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो । ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

को २ त ३९६१ ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का वर्षीय ४६ को केशव कार्की रहेको सुवेदीले बताए । दुर्घटनापछि घाइते भएका तामाङ र कार्कीको मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । ट्याक्टर दुर्घटनामा परेर भने छ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका सात जनालाई मनकामना सामुदायिक अस्पताल तुम्लिङटार उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । खराङबाट मलामीलाई खाजा बोकेर पिलुवा खोलामा गइ दहासंस्कार गरी पुनः मलामी बोकी फर्किने क्रममा ट्याक्टर दुम्कटामा दुर्घटनामा परको हो ।

सवारी चालक चैनपुर–१० का ३४ वर्षीय मोहनकुमार तामाङलाई अस्थायी प्रहरी चौकी सभाखोलाले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ट्याक्टरको लोडपिन अचानक भाँचिन गइ रोडको बाँयातर्फ पल्टिइ दुर्घटना भएको प्रहरीले जनाएको छ । चैनपुर–१० की ९० वर्षीय कौशिला अधिकारीको मलामी गएका दुर्घटनामा परेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board