नागरिकता वितरणको बाधा हटाउन विधेयक फिर्ता लिएको, अर्को विधेयक आजै तयार हुन्छः गृहमन्त्री

काठमाडौं, २४ असार । गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक वितरणमा देखिएको बाधा हटाउन ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिन खोजेको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधिसभामा गृहमन्त्री खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५” लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गरेका छन् ।

उक्त प्रस्तावमाथि उठेका प्रश्न र विरोधको प्रस्तावमाथि जवाफ दिँदै उनले नागरिकता वितरणमा देखिएको बाधा हटाउन फिर्ता लिनुपरेको बताएका हुन् ।

साथै आजै बस्ने मन्त्रिपरिषद् बैठकले अर्को नागरिकता विधेयक ल्याउने जानकारी दिँदै उनले सरकार कोही पनि नागरिक नागरिकताबाट बन्चित हुन नपरोस् भन्नेमा सचेत रहेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति