गाडी बेचेर रोलर किन्ने धरानका मेयर साम्पाङको घोषणा

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले गाडी बेचेर रोलर किन्ने घोषणा गरेका छन् ।

मेयरका लागि भनेर उपमहानगरपालिकाले यसअघि किनेको गाडी बेचेर सडकका खाल्डा टाल्न रोलर किन्न लागिएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् जनाएका हुन् ।

मेयरलाई चढ्न भनेर स्कर्पियो गाडी किनिएको थियो । तर, उनी सरकारी गाडी चढ्दैनन् ।

गाडी बेचेर रोलर किन्ने उनको प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको छ । उनले फेसबुकमा लेखेका छन्, “मेयरलाई भनेर किनिएको स्कोर्पियो गाडी बेचेर धरानको बाटो भरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो । आज कार्यपालिकाले ताली बजाएर अनुमोदन समेत गरिदेको छ । जय धरान ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board