जस्तो सुकै परिस्थिति आए पनि सीमा सुरक्षाका लागि तयार छौँ : प्रधानसेनापति शर्मा

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय सीमा सुरक्षामा सबै पक्ष चनाखो रहनुपर्ने बताएका छन् ।

सेनाले गरेको नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनको वर्तमान अवस्था र सुरक्षाका क्षेत्रहरु विषयक दुई दिने सेमिनारको समापन गर्दै प्रधानसेनापति शर्माले सीमा क्षेत्रमा चुनौती बढ्दै गएकाले सबैले चनाखो भएर काम गर्नुपर्ने बताए ।

सम्बोधनकै क्रममा प्रधानसेनापति शर्माले समस्या जस्तोसुकै विकराल र जटिल भएता पनि राष्ट्रको सुरक्षा अवस्था सुदृढ बनाउन सीमा क्षेत्रमा हुने अवान्छानीय गतिविधिको निगरानी तथा नियन्त्रणमा कुनै कमी कमजोरी हुन नदिने बताए ।

सीमा क्षेत्रमा सम्बद्ध सबै सरकारी निकायहरुबीच निरन्तर समन्वय र सहकार्य अनिवार्य रहेको समेत प्रधानसेनापति शर्माको भनाइ छ ।

गोष्ठीको बुधबार उद्घाटनका क्रममा रक्षा सचिव किरणराज शर्माले सीमा सुरक्षा तथा व्यवस्थापनको पक्षबाट समग्र राष्ट्रिय सुरक्षा सुदृढीकरणका लागि नेपाल सरकार सम्बद्ध निकायबीच पारस्पारक समन्वय र सहकार्य अपरिहार्य रहेको बताएका थिए ।

उनले आगामी दिनमा सीमा सुरक्षालाई प्रविधिमैत्री र आधुनिक भौतिक पूर्वाधारको व्यवस्थापन गर्ने नीतिअन्तर्गत आवश्यक कदम अघि सारेको पनि जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board