कटुवा पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ । कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका१ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ ।

बुधबार बिओपी पिपरपातिबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनीहरूको साथमा कटुवा पेस्तोल फेला पारेको जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति