ओखलढुंगामा लडेर एक पुरुषको मृत्यु

ओखलढुंगा, २३ असार । ओखल ढुंगामा पाखा बारीको डिलबाट लडेर एक पुरुषको मृत्यु भएको छ । लडेर ज्यान गुमाउनेमा जिल्लाको मोलुङ गाउँपालिका–८ सेरबानी निवासी ५१ वर्षीय युवराज राई रहेका छन् ।

बिहीबार बिहान आफ्नै पाखा पारीको गोठमा उनी गाईबस्तुलाई घाँस दिन गएका थिए । सोही क्रममा लडेर उनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक केशब अधिकारीले बताए ।

प्रहरीका अनुशार मृतक राई बारीको डिलबाट झन्डै ५० मिटर तल खसेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति