नेप्से १६ अंकले घट्यो, एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार

काठमाडौं, २३ असार । पुँजी बजार सूचक नेप्से बिहीबार १६‍.६० अंकले घटेको छ । यससँगै सूचक २०२७।३२ विन्दुमा आएको छ । आज एक अर्ब ८० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

असार दोस्रो सातादेखि बजार समग्रमा सकारात्मक गतिमा अघि बढिरहेको छ । तथापि, लामो समयदेखि तल झरेकाले सर्वसाधारण लगानीकर्ता आत्तिएका थिए । भाउ तल घट्दा त्रसित भएका लगानीकर्ताको मनोविज्ञान अझै पूर्ण रुपमा सकारात्मक बनिसकेको छैन । सोही कारण थोरै बढ्दा आत्तिएर बेच्नेहरू अझै छन् ।

तर, समग्रमा बजारले सकारात्मक गति लिँदै गएको छ । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएको छ । यो बजारका लागि सुखद् पक्ष हो । आम लगानीकर्ता यतिबेला मौद्रिक नीतिको प्रतिक्षामा छन् । अहिलेको योजनाअनुसार काम भएमा केन्द्रीय बैंकले साउन पहिलो सातामै मौद्रिक नीति ल्याउने तयारी गरेको छ ।

आज दुई सय २९ कम्पनीको ४७ लाख ११ हजारभन्दा धेरै कित्ता सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहको सूचक घटेका छन् । सात करोड ६५ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित एलआइसी नेपाल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली पावर र शिवम् सिमेन्ट्स छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति