सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

सिरहा, २३ असार । सिरहाको सिरहा नगरपालिका–१२ मा आज स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस आज बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।

घाइते सबैको अवस्था खतरामुक्त रहेको प्रहरी चौकी बेल्हाले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति