प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौँ । प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्कासन गरेको ऋणपत्र असार २२ गते बुधबार बाँडफाँड भएको छ । कम्पनीले ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँड गरेको हो ।

कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलब १५ प्रतिशत ब्याजदर भएको ‘१० दशमलब १५ प्राइम डिबेन्चर २०८४’ नामको ऋणपत्र बिक्री गरेको थियो ।

प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्कासनमार्फत र ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट बिक्री गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति