काठमाडौँ । अब अर्थ मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले नै सम्हाल्ने भएका हुन् ।
बुधबार शर्मामाथि छानबिन गर्न संसद्ले ११ सदस्यीय समिति गठन गरेपछि उनले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै राजीनामा दिएका थिए ।
शर्माले राजीनामा दिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा (२) अनुसार देउवालाई अर्थमन्त्रालयको जिम्मेवारी तोकेकी हुन् ।
शर्मा नेकपा (माओवादी केन्द्र)बाट अर्थमन्त्री बनेका थिए । शर्मामाथि छानबिन सकिएपछि मात्र नयाँ मन्त्री पठाउने माओवादीको तयारी छ ।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग बोल्दै माओवादी नेता वर्षमान पुनले तत्कालै कुनै पनि नेतालाई अर्थमन्त्रीमा नपठाइने बताएका थिए ।

प्रतिक्रिया