काठमाडौँ । फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी)ले मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो १८ महिनामै बर्खास्त गरेको छ ।
पिएसजीले मंगलबार ५० वर्षीय अर्जेन्टिनी प्रशिक्षक पोचेटिनोलाई बर्खास्त गरेको जनाएको हो । पोचेटिनो सन् २०२१ को जनवरीमा पिएसजीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।
पोचेटिनो प्रशिक्षणमा पिएसजीले सन् २०२० को ट्रफी डेस च्याम्पियन्स, २०२०–२१ को कप डे फ्रान्स र फ्रेन्च लिग वानको उपाधि जितेको थियो । पोचेटिनोको १८ महिने कार्यकालमा पिएसजीले ८४ खेल खेलेको थियो ।
युइएफए च्याम्पियन्स लिगलाई मुख्य लक्ष्य बनाएको पिएसजी गएको सिजन पनि अन्तिम १६ बाटै बाहिरिएपछि मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।
प्रतिक्रिया