काठमाडौँ, २१ असार । निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेशसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ ।
आयोग स्रोतका अनुसार बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी मिति सिफारिस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री देउवासँग बुधबार भेटका लागि आयोगका पदाधिकारीहरुले समय लिइसकेका छन् ।
आयोगको सिफारिका आधारमा १२० दिन समय राखेर मन्त्रिपरिषद्ले केही साताभित्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
आयोगले एकै चरणमा दुवै तहको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ ।
छिटफुट घटनाबाहेक पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न गराउन सफल भएको निर्वाचन आयोगले संघीय र प्रदेशसभा निर्वाचन पनि एकै चरणमा गर्नका लागि सिफारिस गर्न लागेका हो ।
प्रतिक्रिया