अर्थमन्त्रीकाे सिसिटिभी फुटेज प्रकरणविरुद्ध युवा संघले गरे प्रदर्शन

काठमाडौँ, २१ असार । अर्थमन्त्री जनार्दन शर्माकाे सिसिटिभी फुटेज प्रकरणविरुद्ध युवा संघले प्रदर्शन गरेको छ ।

अर्थमन्त्री शर्माले बिचौलियाको सहयोगमा बजेट निर्माण गरेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा माग गरेका छन् ।

अर्थमन्त्री शर्माले बजेट निर्माणको क्रममा मन्त्रालयमै बिचौलिया प्रवेश गराएको भन्दै संसद्‍मा पनि त्यसको सीसीटीभी फुटेज हेर्न माग गरिएको छ । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र सत्ता गठबन्धन दलका केही नेताहरूले पनि उनको राजीनामा माग गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति