रामेछाप दुर्घटनाः धुलिखेल अस्पतालमा थप तीनजनाको मृत्यु

काठमाडौँ, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा धुलिखेल अस्पतालमा थप तीन गरेर ज्यान गुमाउनेको संख्या जम्मा १२ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी राजकुमार थिंकका अनुसार थप तीनजनाको काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएको छ।

रामेछापको सुनापति गाउँपालिका–५ सिमानामा आज बिहान बस दुर्घटना हुँदा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो। घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल पठाइएकोमा तीन जनाको मृत्यु भएको हो।

अहिलेसम्म मृतकको पहिचान खुलेको छैन। अहिलेसम्म उद्धारमै लागेकाले सनाखत हुन नसकेको र सनाखतका लागि आफन्तलाई बोलाइएको डीएसपी थिंकले बताए।

३ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। बा ३ ख ८३९६ को बस बिहान १० बजेतिर दुर्घटना भएको हो। २१ जना घाइतेलाई धुलिखेल अस्पताल लगिएको उनले जानकारी दिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति