पदाधिकारी टुंगो लगाउने गृहकार्यमा प्रचण्ड

काठमाडौं । केन्द्रीय समिति बैठकमा पदाधिकारी टुंगो लगाउन चर्को दवाव परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहकार्य थालेका छन् ।

मंगलबार केन्द्रीय सदस्यले उठाएका प्रश्नको जवाफ दिएर प्रचण्डले बैठक समापन गर्ने भनिएको थियो । तर, बैठक नै भोलिसम्मका लागि स्थगित भएको छ ।

बैठक स्थगित गरेर केन्द्रीय सदस्यले उठाएका पदाधिकारी टुंगो लगाउने प्रस्तावमाथि प्रचण्डले तयारी थालेको खुमलटार स्रोतले बताए ।

यस्तै प्रचण्डले यही मेसोमा स्थायी समिति र पोलिटब्यूरो पनि टुंग्याउनका लागि छलफल गरिरहेका छन् ।

यी विषयमा ट्ंगो लगाउन प्रचण्डले मंगलबार बिहानैदेखि नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति