काठमाडौं, २१ असार । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।
रामेछापको सुनापति गाउँपालिका–२ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ न. को यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले बताए ।
बसमा करिब ३० जना यात्रुलाई सवार सथए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको उनले बताए ।
प्रतिक्रिया