अर्थमन्त्रीलाई राजीनामा गराउनेबारे देउवा र प्रचण्डबीच विहानैदेखि छलफल

काठमाडौं । बजेट निर्माणदेखि सीसीटीभी फुटेज डिलिट गर्ने प्रपञ्च गरेका अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा गराउन चौतर्फी दवाव छ ।

नैतिकता नभएको नेता भन्दै सर्वत्र आलोचना भएपनि न त उनलाई माओवादी केन्द्रले नै फिर्ता बोलाएको छ, प्रधानमन्त्री शेरबहादुर देउवा निरीह बनेका छन् ।

माओवादी केन्द्र र कांग्रेसभित्रै पनि अर्थमन्त्री शर्माको विषयमा व्यापक गुनासो बढ्न थालेपछि देउवा र प्रचण्ड दवावमा परेका छन ।

सीसीटीभी फुटेज नै डिलिट गराएपछि अर्थमन्त्रीलाई नैतिकताका आधारमा राजीनामा गराउन माओवादी नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् ।

प्रचण्डलाई माओवादी नेताहरुकै दवावपछि मंगलबार बिहानैदेखि त्यसै विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार, अर्थमन्त्रीलाई हटाउने विषयमा प्रचण्ड र देउवाबीच छलफल भएको छ ।

देउवाले पार्टीको तर्फबाट फिर्ता बोलाउन भनेका छन् भने प्रचण्डले प्रधानमन्त्री स्वयमले नै कारवाही अघि बढाउन सुझाएको स्रोतको भनाइ छ ।

अर्थमन्त्री शर्माको हद लापर्वाही हुँदासमेत प्रचण्ड र देउवा चुपचाप रहनुले गठबन्धन सरकारमाथि नै गम्भीर प्रश्न उठेका छन् । जनताको मतबाट नभई परमादेशबाट बनेको सरकारले जे गरे पनि हुने छुट छ ? भन्ने जनजनको प्रश्न बन्न थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति