‘टलकजंग भर्सेस टुल्के’को सिक्वेल निमार्ण हुने

काठमाडौँ । चर्चित चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ को सिक्वेल निर्माण गरिने भएको छ ।

सो चलचित्रमा अभिनय गरेका पुरानै कलाकारलाई लिएर चलचित्र निर्माण गर्ने तयारी भएको निर्माता रवीन्द्रसिंह बानियाँले जानकारी दिए ।

ठकुरी परिवारको एक गरिब पुरुष ‘टलकजंग’ को मनोदशा र अवस्थीतिमा केन्द्रित उक्त चलचित्रमा ‘हनुमान’ र ‘भष्मे डन’ लगायत चर्चित पात्रहरुले दशर्कलाई लामो समयसम्म बाँधिरहेको बेला निमार्ण पक्षले सो चलचित्रको सिक्वेल बनाउन लागिएको बुझिएको छ ।

निश्चल बस्नेतले निर्देशन गरेको सो चलचित्रमा दयाहाङ राई, बिपिन कार्की, खगेन्द्र लामिछाने, ऋचा शर्मालगायत कलाकार मुख्य भूमिकामा थिए ।

माओवादी सशस्त्र युद्धकालको आसपासमा भएका घटनालाई चलचित्रमा कलात्मक तरिकारले गरेको प्रस्तुतीलाई दर्शकहरुले रुचाएका थिए । ‘टलकजंग भर्सेस टुल्के’को कथा तथा पटकथा भने कलाकार लामिछानेले लेखेका हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board