काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको पूर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जबाफ दिने भएका छन् ।
गत आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेस गरेका राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नको अध्यक्ष प्रचण्डले जबाफ दिने कार्यक्रम तय भएको छ ।
९ वटा एजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैरभूगोलबाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रीय सदस्यहरुले केन्द्रीय नेतृत्वमाथि प्रश्न गरेका थिए ।
प्रतिक्रिया