अर्थमन्त्री शर्मालाई बर्खास्तको माग गदै युवा संघले मंगलवार विरोध प्रदर्शन गर्ने

काठमाडौँ, २० असार । अर्थ मन्त्री जनार्दन शर्मालाई वर्खास्तको माग गदै नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मंगलवार विरोध प्रर्दशन गर्ने भएको छ ।

अध्यक्ष किरण पौडेलको नेतृत्वमा युवा संघका कार्यकर्ताहरूले भोली हनुमानस्थानमा दिउसो ३ बजे प्रर्दशन गर्ने भएका हुन ।

अर्थ मन्त्रालयले बजेट भाषणको अघिल्लो दिनको सीसीटीभी फुटेज ‘डिलिट’ भएको जनाए पछि युवा संघले बर्खास्तको माग गर्दै प्रर्दशन गर्ने भएका हुन । अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई जेठ १४ गते राती मन्त्रालयमा बोलाएर आफ्नो तर्फबाट भन्दै करका दर परिवर्तन गराएको आरोप लाग्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति