अमेरिका भ्रमणबाट स्वदेश फर्किएका प्रधानसेनापति शर्मालाई जंगीअड्डामा स्वागत

काठमाडौं, २० असार । अमेरिकासहितको भ्रमण पूरा गरी स्वदेश फर्र्किएका प्रधानसेनापति प्रभुराम शर्मालाई जंगीअड्डामा औपचारिक रुपमा स्वागत गरिएको छ । प्रधानसेनापति शर्मा आइतबार स्वदेश फर्किए पनि सोमबार औपचारिक रुपमा जंगीअड्डा स्वागत गरिएको हो ।

लेवनान, सिरिया, अमेरिका तथा राष्ट्रसंघीय मुख्यालयको दुई साता लामो भ्रमण पूरा गरी स्वदेश फर्किएका उनलाई सोमबार बिहान सैनिक मुख्यालय जंगीअड्डामा सेनाको गार्ड अफ अनरसहित स्वागत गरिएको हो ।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले अमेरिकी रक्षा मन्त्रालयका अधिकारी र अमेरिकी उच्च सैनिक अधिकारी तथा न्युयोर्कमा संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति