महिला फुटबल टोलीकी कप्तान रेनुका घाइते

काठमाडौं, २० असार । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटी प्रशिक्षणको क्रममा घाइते भएकी छिन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार प्रशिक्षणको क्रममा लडेपछि रेनुकाको घाँटीमुनिको बायाँ हड्डी भाँचिएको हो ।

मिडफिल्डर रेनुकाको आज नै शल्यक्रिया हुनेछ । १९ औं एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेकी रेनुकालाई घाइते भएपछि ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा लगिएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति