संसदमा ओलीले सरकारलाई भने, ‘अबचाहिँ अति भयो’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सरकारले अति नै गरेको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इज इनफ, अब चाहिँ अति नै भयो ।’

उनले मन्त्रीहरु र सत्तापक्षका सांसदले जथाभावी बोल्दै हिँडेको बताए ।

आफ्नो सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न लागिरहेकै बेला नेपाली कांग्रेसका एक सांसदले इनफ इज इनफ भनेको स्मरण गर्दै ओलीले अहिले भने आफैंले इनफ इज इनफ भनेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति