प्रधानमन्त्री प्रेस सल्लाहकार भन्छन्– ‘मन्त्रीको आजै शपथ हुन सक्छ’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सिफारिस भएका तीन जना मन्त्रीको सम्भवतः आजै शपथ हुने भएको छ ।

आइतबार साँझ अध्यक्ष उपेन्द्र यादवले राजेन्द्र श्रेष्ठलाई थमौती गर्दै तीनजना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा सिफारिस गरेलगत्तै सोमबार नै शपथ गराउन लागिएको हो ।

‘मन्त्रीका लागि तीन जनाको सिफारिस प्रधानमन्त्री कार्यालयमा आएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने, ‘सम्भवतः आजै शपथ हुने छ ।’ उनका अनुसार अध्यक्ष यादवले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरी तीन मन्त्री फिर्ता बोलाउने र उक्त स्थानमा तीनजनालाई मन्त्री बनाउने पत्र पार्टीका तर्फबाट बुझाएका छन् ।

राजेन्द्र श्रेष्ठलाई सामान्य प्रशासन मन्त्रालयमा थमौती गर्दै भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्क्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीप यादवलाई सिफारिस गरिएको छ । सो सिफारिसँगै भौतिकमन्त्री रेणुकुमारी यादव, कृषिमन्त्री महेन्द्रराय यादव र वनमन्त्री रामसहयाय यादव फिर्ता हुनेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति