वडा अध्यक्षको पारिश्रमिकबाट विद्यालयमा शिक्षक

अर्घाखाँची । अर्घाखाँचीका एकजना वडा अध्यक्षले आफ्नो पारिश्रमिकबाट तलव दिने गरी सामुदायिक विद्यालयमा शिक्षक नियुक्ति गरेका छन् ।

जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष मोहनसिंह ठकुरीले आफूले पाउने पारिश्रमिकबाट तलव पाउने गरी वडाभित्रका दुई विद्यालयमा शिक्षक नियुक्त गरेका हुन् ।

सन्धिखर्क नगरपालिका–१० को धरम्पानीमा रहेको आदर्श आधारभूत विद्यालय र वडा नम्बर १० कै गच्छेगैरामा रहेको अरनिको आधारभुत विद्यालयमा एक–एकजना शिक्षक नियुक्त गरेको अध्यक्ष ठकुरीले जानकारी दिए ।

तल्लो कक्षामा अंग्रेजी विषय पठाउनका लागि १२–१२ हजार बराबर तलव पाउने गरी दुईजना शिक्षक नियुक्त गरिएको हो । “शैक्षिक गुणस्तर बढाउनका लागि शिक्षक संख्या कम भएका स्कुलहरूमा शिक्षक नियुक्त गरेका हौँ,” ठकुरीले भने, “मैले पाउने पारिश्रमिकबाट उहाँहरूले तलब प्राप्त गर्नुहुनेछ ।”

वडामा रहेका सबै स्कुलमा अध्ययनरत कक्षा १ का सवै विद्यार्थीहरुका लागि आफ्नो पारिश्रमिकबाटै किताव, कापी, पेन्सिल जस्ता शैक्षिक सामग्रीहरु हस्तान्तरण गरिएको समेत ठकुरीले जानकारी दिए । यही शैक्षिक सत्रबाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेकोसमेत उनले जानकारी दिए ।

अंग्रेजी माध्यमको पढाइको सुरुवात गरिएसँगै शिक्षामा केही परिवर्तनको अनुभूति गरिएको ठकुरीको भनाइ छ । सबै विद्यालयहरुमा प्रोजेक्टर र ल्यापटप थपिँदै गरेको बताउँदै ठकुरीले वडाभर करिब ३५० हाराहारी विद्यार्थीहरुले सामुदायिक विद्यालयमा पढ्ने जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board