मकवानपुरमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना, १ जनाको मृत्यु*

हेटौँडा । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ७ स्थित धरान चतरा सडकखण्डमा जन्ती हिँडेको ट्याक्टर दुर्घटना भएको छ । हेटौँडा–सिन्धुली सडकखण्ड अन्तर्गत बागमती–७ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

आइतबार दिउँसो ४ बजेर ३० मिनेटको समयमा बागमती–९, बेतिनीबाट दुलही लिएर सिन्धुलीतर्फ जाँदै गरेको ना ६ त ८०७३ नम्बरको ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको स्थानीयको भनाइ रहेको छ ।

दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएकाहरुको हेटौंडास्थित सरकारी तथा निजी अस्पतालमा उपचार भइरहेको छ ।

*सच्याइएकाे

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति