प्रचण्डले भने : वाम एकताको विकल्प छैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको विकल्प नभएको बताएका छन् ।

आइतवारदेखि काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

प्रदेश समितिबाट रिपोर्टिङ भइसकेपछि बैठकमा सहभागी केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै प्रचण्डले वाम ध्रुवीकरण र एकताका लागि आउने क्रम अहिले पनि चलिरहेको बताएका छन् ।

तत्कालीन नेकपा अहिले तीनवटा ध्रुवमा पुगेको बताउँदै उनले त्यसबाट निस्किएर आफूहरु आठौं राष्ट्रिय महाधिवेशनदेखि यहाँसम्म आइपुगेको पनि बताए।

उनले अहिले पनि एकता र ध्रुवीकरणको प्रक्रियामा आउनेहरुको लागि पार्टीले अभियान चलाइरहेको पनि बताए।

‘आज मात्रै नेकपा हुँदाका सचिवालय सदस्यहरुसँग छलफल भएको थियो’, उनले भने, ‘नेकपा एकीकृत गर्न वामपन्थी आन्दोलनका लागि सम्भावना अझै छ। तर हामी गठबन्धनमा छौँ ।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति