माओवादी बैठकका यी हुन् ९ एजेण्डा

काठमाडौं । काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नौं एजेण्डा तय गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफलका लागि ९ वटा एजेण्डा बैठकमा पेस गरेका छन् ।

बैठकको सुरूमा सम्बोधन गर्दै उनले ९ बुँदे एजेण्डा पेस गरेका हुन् । बैठक ३ दिनसम्म सञ्चालन हुनेछ ।

मुख्य एजेण्डाहरू–

१. सहिदहरूप्रति श्रद्धाञ्जली

२. केन्द्रीय समितिका नयाँ सदस्यको सपथ ग्रहण

३. बैठक सञ्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी

४. प्रदेश समितिका अध्यक्ष र इञ्चार्जबाट प्रदेश स्थितिबारे रिपोर्ट

५. अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट

६. संगठनात्मक विषय र संरचनाबारे

७. स्थानीय निर्वाचनको समीक्षा

८. आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे

९. विविध

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति