बबरमहलमा कार दुर्घटना हुँदा तीन जना घाइते

काठमाडौँ । काठमाडौँको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भइ हाल कमलविनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन् ।

घाइते ३ जनाकै सिभिल अस्पताल बानेश्वरमा उपचार भैरहेको छ । घाइतेमध्ये गिरीको अवस्था गम्भीर रहेको छ ।

आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफैँ अनियन्त्रित भइ सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानकारी दिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board