काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन गरेर संघीय निर्वाचनमा जान लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसमक्ष प्रस्ताव गरेको खुलेको छ ।
काठमाडौँमा जारी केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले एमाले अध्यक्ष ओलीले सो प्रस्ताव गरेको जनाउँदै सो विषयमा धारणा दिन पनि पार्टीका नेताहरुसँग राय मागेका छन ।
‘ओलीजीले बोलाएर आगमी निर्वाचनमा गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने प्रस्ताव गर्नुभएको छ, यसबारेमा पनि छलफल गर्न जरुरी छ’ ठाकुरको भनाइ उदृत गर्दै एक नेताले भने । उनका अनुसार सो विषयमा बालकोटस्थित ओली निवासमा दुई नेताबीच भेटघाट भएको भनिए पनि कहिले भेट भएको हो ?सो भने खुलाएका छैनन् ।
लक्ष्मणलाल कर्णको नेतृत्वमा तयार भएको विधान मस्यौदा संसोधनसहित पारित गर्ने, ५०१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिने, संगठन सुदृढीकरणदेखि आगमी निर्वाचनको तयारीसम्मका विषयमा छलफल गर्नका लागि लोसपा, नेपालको केन्द्रीय कार्यकारिणी बैठक जारी छ ।
प्रतिक्रिया