मोटरसाइकल चोरी गर्ने गिरोहका ९ जना पक्राउ

दाङ । दाङ प्रहरीले मोटरसाइकल चोरी गरी बिक्री गर्ने गिरोहलाई पक्राउ गरेको छ ।

बुटवललगायत विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी दाङमा ल्याएर बिक्री गर्ने ९ जनालाई लमही र गढवाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ का १७ वर्षीय आनन्द परियार, सोही ठाउँकै १७ वर्षकै क्रम बस्नेत, १६ वर्षीय रतन बस्नेत, १६ वर्षकै नसिब अहमद, १५ वर्षीय वरुण कुमाल, १९ वर्षीय अनिल सिंह ठकुरी, १९ वर्षकै लक्ष्मण बिस्ट र लमही नगरपालिका–५ का १९ वर्षीय बसीयम सिंह ठकुरी रहेका छन् ।

उनीहरूले विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर ल्याइ विभिन्न गिरोहमार्फत बिक्री गर्दै आइरहेको पाइएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख सुरेश काफ्ले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति