जशोदा र राजेशको ‘हेर्न मन लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । गायक राजेश चौधरी र गायिका जशोदा सुब्बाको सुमधुर आवाजमा सजिएको ‘हेर्न मन लाग्छ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा शब्द कुमार श्रेष्ठको रहेको छ । गीतमा देव स्याङ्ताको संगीत र बाबु प्रधानको एरेन्ज रहेको छ ।

निमा लामा तामाङको निर्देशन रहेको म्युजिक भिडिओमा दीपक लामा, मञ्जु श्रेष्ठ, रेणुका पाख्रिन, रुपेश श्रेष्ठलगायतको अभिनय रहेको छ ।

अदीप कुलुङ राईको छायाँकन रहेको भिडियोलाई विश्वराज भण्डारीले सम्पादन गरेका हुन् ।

‘डाक स्टुडियो’मार्फत् भिडिओ सार्वजनिक भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति