केन्द्रीय समितिको नाम टुंगो लगाउँदै लोसपा

काठमाडौँ । केन्द्रीय सदस्यको नाम टुंगो लगाउने विषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दै छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा शनिबार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भ्रातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ ।

केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संशोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डामा बैठकका लागि तय गरिएका छन् । ‘अपरान्ह १ बजे बस्ने बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको संख्या टुंग्याउनेदेखि सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित गरी नाम टुंगो लगाउन दिशामा जाने छ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५०१ सदस्यीय राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेस गर्दै छ ।

उता, पार्टीको भ्रातृ संगठनको नाम तय गर्नेदेखि त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्ने छ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विधेयकलगायतको विषयलाई समेत समेटेर बुझाएको ज्ञापन पत्रलाई कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुने छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board