प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरु निजगढ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिटय विमानस्थल निरीक्षणका लागि बारा प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले सो क्षेत्र प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले आज सो क्षेत्रका निरीक्षण गरेर फर्कने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board