नेप्से परिसूचक ८.८७ अंकले गिरावट

काठमाडाै, १७ असार । शुक्रवार नेप्से सूचक ८.८७ अंकले घटेर २०२८.७७ बिन्दुमा झरेको छ । बिहीवार उच्च अंकले बढेको नेप्से शुक्रबार सामान्य अंकले गिरावट भएको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.१७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२ अंकले घटेको छ ।

नेप्सेमा कारोबारमा आएका २२१ कम्पनीको ३६ लाख ६३ हजार २२० कित्ता शेयर १ अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सका १३ उपसमूहमा १० परिसूचक गिरावट हुँदा ३ उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स, माइक्रोफाइनान्स र व्यापार उपसमूहको सूचक सकारात्मक देखिएका छन् । बाँकी १० उपसमूहको सूचक नकारात्मक देखिएको छ । विकास बैंक उपसमूहको सूचक सबैभन्दा धेरै १.३९ प्रतिशतले घटेको छ।

नेप्सेमा कारोबारमा सिवाइसि नेपाल लघुवित्त र आँधिखोला लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको ७.७० प्रतिशत, मैलुङ खोला हाइड्रोपावरको ६.१७ प्रतिशतले बढेको छ । यता स्ट्याण्डर्ड चाटर्ड बैंकको शेयरमूल्य सबैभन्दा धेरै ४.७७ प्रतिशतले घटेको छ ।

कारोबारको आधारमा शिवम सिमेन्टस्को सबैभन्दा धेरै ५ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको ५ करोड २२ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board