विद्युत प्राधिकरणको लापरबाही : करेन्ट लागेर बालिकाको हात गुम्यो

उदयपुर । नेपाल विद्युत प्राधिकरणको लापरबाहीले एक बालिकाले हात गुमाउन पुगेकी छन् । त्रियुगा नगरपालिका– ३ मोतिगडाबाट जोगिदह हडिया लगेको एघार हजार भोल्टेजको नांगो तार घरको छतबाट लगेको कारण सो तारमा बालिकाले छुन पुग्दा हात गुमाएकी हुन् ।

मोतीगडाका सन्तोष बरालको घरको छतबाट प्रशारण लाइन लादा सोही घरमा डेरा गरी बस्ने भरत दाहालकी छोरी क्रिष्टिना दाहाल करेन्ट लागेर गम्भीर घाइते भएकी छन् । विद्युत प्राधिकरणले घरको छतमा हाइभोल्डेजको तार लगेको कारण बालिकालाई करेन्ट लागेको स्थानीयले बताए । छतमा खेल्ने क्रममा हाइभोल्डेजको तारमा छुँदा क्रिष्टिना गम्भीर घाइते भएकी छन् ।

करेन्ट लाग्नेबित्तिकै तत्काल उदयपुर जिल्ला अस्पतामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ । करेन्ट लागि घाइते भएकी क्रिष्टिनाको दाहिने हात काट्नु पर्ने चिकित्सकले बताएको परिवारले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board