रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भएको छैनः आयोग

काठमाडौं, १७ असार । निर्वाचन आयोगले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय भई नसकेको जनाएको छ ।

केही दिनअघि लामिछाने नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ताका लागि निवेदन दिइएको थियो । तर, शुक्रबार अपरान्ह ४ बजेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

‘अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने आयोगले निर्णय गरेको छैन,’ सहायक प्रवक्ता अर्यालले भने । आयोगले सम्भवतः राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने नगर्ने विषयमा आयोगले निर्णय गर्ने उनको भनाइ ।

बाहिर सार्वजनिक भएजस्तो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गर्ने निर्णय नगरेको जानकारी दिएका उनले आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दल दर्ताको मान्यता दिने संकेत भने गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति