जसपाले सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलायो

काठमाडौँ, १७ असार । जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

पार्टीको कार्यालय सचिव प्रकाश अधिकारीका अनुसार सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय भएको हो ।

जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादव सरकारमा सहभागी भएका छन् ।

उनीहरूलाई फिर्ता बोलाए पनि पुनः सरकारमा सहभागी हुने मन्त्रीहरूबारे केही खुलाइएको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board