काठमाडौं । कम्युनिष्ट पार्टी एकता मुख्य उद्देश्य राखेर पार्टी खोलेका बामदेव गौतमले कम्युनिष्ट शीर्ष नेताहरुसँगको भेटघाटलाई तिव्रता दिएका छन् ।
गौतमले बिहीबार साँझ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् ।
यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग उनकै निवास (खुमलटा) पुगेर भेटवार्ता गरेका गौतमले बिहीबार साँझ ७ बजे नेपाललाई पनि उनकै निवास कोटेश्वर पुगेर भेट गरेका हुन्।
नेपालसँगको भेटवार्ता सकारात्मक भएको गौतमको सचिवालयले नेपालखबरलाई बताएको छ।
बिहीबारै बिहान गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवास बालकोट पुगेर भेटेका थिए।
प्रतिक्रिया